(१) पशु वधशालाको स्थापना र सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड देहाय बमोजिमको हुनुपर्नेछ :
(क) वध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी वध गर्न योग्य पशु राख्ने छुट्टा छुट्टै स्थानको व्यवस्था भएको,
(ख) विरामी पशु राख्ने अलग्ग स्थानको व्यवस्था भएको,
(ग) वध गर्नुभन्दा अघि पशुको स्वास्थ्य परीक्षण (एन्टिमोर्टम एक्जामिनेशन) गर्नकोलागि आवश्यक स्थानको व्यवस्था भएको,
(घ) वध गर्नु भन्दा अघि वेहोस बनाउने (स्टनीङ्ग), वध गरेपछि रगत निर्थोर्ने (ब्लिडिङ्ग), छाला काड्ने, खुइल्याउने, मासु सफा गर्ने तथा आन्द्रा भुंडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको,
(ङ) पशु वध गरिसकेपछि मासु परीक्षण (पोष्टमार्टम एक्जामिनेशन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु (कन्डेम्ड मिट) तह लगाउने स्थानको व्यवस्था भएको,
(च) आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था गरिएको,
(छ) वध गर्न ल्याइएका पशुबाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको,
(ज) पशु वधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको,
(झ) पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, वध गरिने स्थान, मासु परीक्षण गर्ने स्थानको भूई सजिलैस“ग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको,
(ञ) पशु वधशालामा आप्नो पशुको वध गरेको हेर्न चाहनेका लागि पशु वध गरिने स्थानमा प्रवेश नगरीकन यस्तोकार्य हेर्न सकिने व्यवस्था मिलाइएको,
(ट) मासु सुरक्षितसाथ राख्नको लागि अवश्यक शीत भन्डारको व्यवस्था भएको,
(ठ) वध गरिने पशु ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन राखिने स्थान पक्की, सजिलैस“ग सफा गर्न सकिने र वधशाला भन्दा अलग्ग निर्माण गरिएको,
(ड) पशु वध गरिने स्थानमा,–
(१) टेवुलको सतह खिया नलाग्ने भएको,
(२) मासु झुण्डयाउन प्रयोग हुने रेल (मिट रेल्स) ग्याल्भेनाइज्ड नगरिएको,
(३) अचानो बाहेक अन्य वेञ्च र टेवुलको सतहमा काठ प्रयोग नगरिएको,
(४) वध गरिएको पशु झुण्डयाउन आवश्यक पर्ने घिर्नी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको,
(५) प्रयोग गरिने हतियार, औजार तथा उपकरण खिया नलाग्ने किसिमको भै निर्मलीकरण (स्टेरिलाइजेशन) गर्ने सुविधा भएको।
(ढ) पशु वध गरिने स्थानमा देहायका सामग्रीहरु प्रयोग गनै पाइने छैन :–
(१) तामा र सो मिसिएको ढलौट तथा क्याड्मियम प्रयोग गरिएको हतियार तथा उपकरणकहरु,
(२) पालिस वा इनामेल लगाइएका भा“डा, हतियार तथा उपकरणहरु,
(३) शिशा (लिड) युृक्त भाडा तथा उपकरपणहरु ।
(ण) देहायका पशु वध गर्ने स्थान छुटृा छुट्टै हुनु पर्नेछ :–
(१) भेडा । बाख्रा । च्याङ्ग्रा
(२) रांगो । भैसी
(३) बंगुर । सुंगुर
(४) पंक्षी जाती
(२) पशु वधशालाभित्र प्रवेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा निर्धारित पहिरन र जुत्ता (रबर बुट) लगाएर मात्र प्रवेश गर्नु पर्नेछ ।
(३) क्षयरोग, छाला सम्बन्धी रोग तथा अन्य संक्रामक रोग लागेको व्यक्तिलाई पशुबधशालाभित्र प्रवेश गर्न वा कार्य गर्न दिइने छैन ।
(४) पशु वधशालामा पशु वध गर्ने कार्य समाप्त भएको आठ घण्टाभित्र वध गरिएको पशुको मल, मुत्र, रगत, भुत्ला जस्ता खेरजाने भाग तथा फोहर मैला उपयुक्त तरीकाले हटाउने, नष्ट गर्ने वा तह लगाउने कार्य गर्नु पर्नेछ ।
(५) पशु वधशालामा वध गरिने प्रत्येक पशुलाई पहिचान गर्न सक्ने गरी पहिचान चिन्ह दिनु पर्नेछ ।
(६) पशु वधशालाभित्र प्रयोग भएका कपडा, हतियार वा औजार क्षयरोगको शंका गरिएको पशुको मासुमा प्रयोग भएकोमा आधा घण्टासम्म लुगा धुने सोडा राखिएको पानीमा उमालेर मात्र पुन प्रयोगमा ल्याउनु पर्नेछ ।
(७) वध गरिएको पशुको कुनै पनि अंग र झिल्ली जस्तो पदार्थ (सेरस मेम्व्रेन) मासु निरीक्षकले निरीक्षण नगरेसम्म शरीरबाट छुट्याउन पाइने छैन ।
(८) वध गरिएको पशुको मासुमा देखिएको कुनै रोगको पहिचन वा चिन्ह
मासु निरीक्षकको आदेश बिना पानीले धोएर, पुछेर, खुर्केर वा अन्य कुनै तरिकाबाट हटाउन पाइने छैन ।
(९) पशु वधशालाभित्र काम गर्ने व्यक्तिको प्रत्येक छ । छ महिनामा स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र मासु सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।